भारतमा सीएनजी र हाइब्रिड कारहरूको बिक्री बढ्दै गर्दा ईभीको बिक्री सुस्त भएको छ।

भारतमा सीएनजी र हाइब्रिड कारहरूको बिक्री बढ्दै गर्दा ईभीको बिक्री सुस्त भएको छ।

भारतमा सीएनजी र हाइब्रिड सवारीसाधनको बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ। जाटो डायनमिकको पछिल्लो तथ्याङ्कअनुसार, जनवरीदेखि अगस्ट २०२४ सम्म सीएनजी कारको बिक्रीमा ४६ प्रतिशतको वृद्धि भएको छ। यसै अवधिमा, हाइब्रिड सवारीसाधनको बिक्री १९ प्रतिशतले बढ्दा, विद्युतीय सवारीसाधन (ईभी) को बिक्री भने ७ प्रतिशतले घटेको छ। कुल बिक्री ६ प्रतिशतले बढेर २.८७ मिलियन युनिट पुगेको छ।

सीएनजी सवारीसाधनहरूको बिक्री वृद्धिको मुख्य कारण भनेको फ्याक्ट्री-फिटेड सीएनजी विकल्पहरूका साथ धेरै नयाँ मोडेलहरू उपलब्ध हुनु हो। यो विकल्प कम आय भएका कामदार र साना व्यवसायहरूमा पनि लोकप्रिय बन्दै गएको छ, विशेषगरी लागत कम पर्ने भएकाले भारतमा सीएनजी मोडेलका कारहरू बढिरहेको देखिन्छ।

मारुति सुजुकीले मात्र अगस्ट २०२४ मा ४८ हजार सीएनजी गाडीहरू बेचेको रिपोर्टमा उल्लेख गरिएको छ। कम्पनीले स्विफ्ट सीएनजीको सुरुवातसँगै प्रति महिना ५० हजार सीएनजी गाडीहरू बिक्री गर्ने लक्ष्य राखेको छ र आर्थिक वर्षको अन्त्यसम्म ६ लाख युनिट पुग्ने अपेक्षा गरेको छ।

विद्युतीय सवारीमा मात्र केन्द्रित हुनुभन्दा, भारत सरकारले वैकल्पिक इन्धनको प्रवर्द्धन गर्ने व्यापक रणनीति अपनाएको छ। यसै कारण हाइब्रिड सवारीसाधनको बिक्रीमा पनि उल्लेखनीय वृद्धि भएको छ। धेरै इन्धन विकल्पहरू उपभोक्ताका लागि उपलब्ध भएकाले, ईभीले बजारमा बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ।

छुटाउनुभयो कि ?
Categories