YADEA ELECTRIC SCOOTER को REVIEW छोटकरीमा

YADEA ELECTRIC SCOOTER को REVIEW छोटकरीमा

YADEA चीनमा 2001 मा स्थापना  भई सो समय देखि ओटोमोबाइल सेगमेन्ट भित्र इलेक्ट्रिक स्कुटी निमौण गर्ने ब्राण्ड हो । कम्पनीले इलेक्ट्रिक स्कूटर, मोटरसाइकल, र इ–बाइक बनाउने गर्छ । यस ब्राण्डको मुख्यालय कम्पनीको मुख्यालय वुझाउ, जियाङ्सु, चीनमा रहेको छ । आज हामी यसै ब्राण्डको YADEA इलेक्ट्रिक स्कूटरको बारेमा विश्लेषण गर्न गइरहेका छौ । यो कुनै पैसा लिएर गरिएको रिभ्यु होइन शुद्ध रुपमा गरिएको रिभ्यु हो त्यसकारण यदि तपाई यस ब्राण्डका कुनैपनि साधन खरीद गर्ने योजनामा हुनुहुन्छ भने एकछिन यो भिडियोलाई हेरिसकेपछि निर्णय लिनु होला अन्यथा यसमा हाम्रो भनाई केहि छैन ।

हामी यस भिडियोमा यस ब्राण्डको उत्पादन, बजार उपस्थिति, यसको प्रविधि, डिजाइन र प्राइस सम्मको कुरा गर्ने छौं आउनुहोस भिडियो शुरु गरौं ।

हुनत चीनियाँ इलेक्ट्रिक बाइक तथा स्कुटर उत्पादक ‘याडिया’ नेपाली बजारमा प्रवेश गरेको लगभग २ वर्ष पुगेको छ । कुजुलाई नेपालका लागि आधिकारिक बिक्रेता बनाएर नेपालमा व्यापार थालेको यो अवधिमा याडियाले बजारमा राम्रो स्थानमा पुगेको दाबी गरिन्छ तर कुन आधारमा यो तथ्य न केलाई हामी केही पनि भन्ने अवस्थामा छैनौं । 

विद्युतीय स्कुटरमा याडियाको माग बढेको कमम्पनीका कर्मचारी बताउँछन । बजारमा याडिया दोस्रो स्थानमा छ भनेर एक वर्ष अगाडि सम्म त्यतिबेला सीईओ यादवले भनेको थिए । अब दोस्रो कुन आधारमा भनेका थिए त्यो कुरा यादव जी लाई नै थाहा होला ।  बजारमा राम्रो माग छ । भनेर उनले भन्दा हामीलाई त्यसतो लान्दैन साथै बजारले धेरै नै रुचाएको पनि भनी राख्दा यादव जी ले नेपालमा हो कि अनय देशमा त्यो भन्न छुटाएका थिए जस्तो लाग्छ । 

हेर्नुहोस नेपालमा चिनियाँ सामान भनेपछि कमसल भन्ने बुझाइ छ । यसको असर याडियालाई पनि नपरेको हेइन । ब्रान्ड चिनाउन कसरत गर्नुपरे पनि पछिल्लो समय ठूला र पुराना व्यापारिक घराना पनि चीनियाँ सवारीतर्फ आकर्षित भइरहेकाले चिनाई इलेक्ट्रकि स्कुटर आफैमा नराम्रो भन्ने हुँदैन तर याडियाको विषयमा राम्रो वा नाम्रो यो हामी कुरा गर्दै छौं । 

कम्पनीले फाइनान्स, मोटर र व्याट्रिमा २ वर्षको वारेन्टी, तथा एक्सचेन्जको सुविधा सहित हाल ६ वटा नयाँ मोडेलका स्कुटीहरु उपलब्ध गराएको छ । 

YADEA  को ELECTRIC SCOIOTER अन्य ELECTRIC SCOIOTER को तुलनामा कस्तो प्रतिक्रिया रहेको छ ?  
 

YADEA का इलेक्ट्रिक स्कूटरहरू अन्य इलेक्ट्रिक स्कूटरहरूको तुलनामा धेरै सकारात्मक न भएपनि नराम्रो प्रतिक्रिया भने पाएको देखिदैन । 

अब पहिले राम्रा कुरा वा भनौ विशेषता बारे कुरा गरौं 

१. गुणस्तर र निर्माण ः YADEA का स्कूटरहरू उच्च गुणस्तरीय निर्माण सामग्री र प्राविधिकता प्रयोग गरेर बनाइन्छ । यसले तिनीहरूलाई टिकाउ र भरपर्दाे बनाउँछ ।

हाम्रो भनाई ः यति त हुनैपर्छ भन्नै पर्दैन नत्र कसले खरीद गर्ला र याडिया जब टिकाउ र भरपर्दो हुँदैन भने ।

२. डिजाइन ः YADEA का स्कूटरहरूको डिजाइन आधुनिक र आर्कषक छ तिनीहरू विभिन्न रंग र मोडेलहरूमा उपलब्ध छन, जसले विभिन्न ग्राहकहरूको प्राथमिकताहरू पूरा गर्न सक्छ ।

हाम्रो भनाई ः हेर्नुहोस याडिया आधुनिक र आकर्षक छ तर नेपालमा अरु स्कुटर कम्पनी ब्राण्डहरुलाई हेर्नु भयो भने आधुनिक त केही हद सम्म भन्न मिल्छ होला र आर्कषक कसलाई भनिन्छ यो याडियाका लागि खोज अनुसंधानको विषय बन्न सक्छ ।

३. प्रदर्शन ः याडिया का स्कूटरहरू राम्रो गति, तिव्रता, र लामो दूरीको लागि प्रसिद्ध छन । तिनीहरूको मोटर प्रणाली शक्तिशाली र ऊर्जा बचत गर्ने खालको छ ।

हाम्रो भनाई ः अब त याडियाले सबै कुरा भनी राख्दा प्रमाण पनि दिँदै जानु पर्ने हुन्छ किनकी लामो दुरीका लागि भनी राख्दा सो लामो दुरी भन्ने कुराको तात्पर्य के होला ? र मोटर प्रणली बलियो छ जसले गर्दा उर्जा बचत हुन्छ भन्ने कुरा कसरी मानी लिने र के कति बिजुली बचत हुन्छ त्यो जोख्ने मापदण्ड के छ होला नत्र सामान भिडाउदा ग्राहकहरुले आँखा चिम्म गरेर मानिलिने अवस्था अब रहेन ।  

४. बैटरी जीवन ः याडिया का स्कूटरहरूको बैटरी लाइफ लामो छ । तिनीहरूले उच्च गुणस्तरीय लिथियम आयन बैटरी प्रयोग गर्छन, जसले गर्दा एक पटक चार्ज गर्दा लामो समयसम्म यात्रा गर्न सकिन्छ ।

हाम्रो भनाई ः अब फेरी पनि भन्नुपर्दा गुणस्तरीय लिथियम आयन बैटरी भनेको के हो ग्राहकहरुलाई त्यसको पनि प्रमाणिकरण गरिदिनु प¥यो नत्र कसरी थाहा हुन्छ कुन कुन बैटरी कुन कुन गुणस्तरका हुन्छन । र एक पटक चार्ज गर्दा लामो यात्रा गर्न सकिन्छ भनेपछि त्यसको आधार के ? हेर्नुहोस कानले सुनेर मात्र विश्वास न गनुहोला यहाँ बोल्नका लागि जे पनि बोलि दिन्छन किनकी यो नेपाल हो नत्र म तपाईको ठाउँमा छु भने हरेक स–साना कुरालाई प्रमाणिकरण न गराई याडिया त के कुनैपनि इलेक्ट्रीक स्कुटर खरीद गर्ने वाला  भने छैन । 

५. स्मार्ट फीचरहरू ः याडिया का स्कूटरहरूमा विभिन्न स्मार्ट सुविधाहरू समावेश छन, जस्तै मोबाइल एप कनेक्टिभिटी, जीपिएस ट्रयाकिंग, र डिजिटल डिस्प्ले, जसले सवारी अनुभवलाई अझ सहज र सुविधाजनक बनाउँछ ।

हाम्रो भनाई ः सबै भन्दा राम्रो र आवश्यक भनेको जिपिएस ट्रयाकिंग हो जुन यसमा छ नत्र अन्य कुराहरु त बाँकि इलेक्ट्रीक स्कुटरमा पनि हुन्छन नै तर जुन कुरा अन्यले कमै दिएका छन त्यो हुनु राम्रो हो ।  

६. वातावरणमैत्री ः अन्य इलेक्ट्रिक स्कूटरहरू जस्तै, याडिया का स्कूटरहरू पनि वातावरणमैत्री छन । तिनीहरू कम कार्बन उत्सर्जन र कम आवाज गर्छन, जसले वातावरण संरक्षणमा मद्दत गर्छ ।

हाम्रो भनाई ः सबैमा हुने कुरा नै हो भने नयाँ के छ त्यो आफैमा लुकेको रहस्य छ  याडियमा अरु जस्तै त छ तर युनिक छैन भन्ने कुरा याडियामा हेर्दा चलाउँदा थाहा हुन्छ एउटा भएका डिजाइन र आकार प्रकार उसको बडि शेप हो त्यो पनि कता कता युनिक नै छ मान्छेहरुलाई यस्ता युनिक भन्दा पनि आर्कषक र वाओ फिल वाला हुनु पर्दछ नत्र के का लागि यति महंगो स्कुटर खरीद गर्ने त्यो पनि विदेशी स्कुटर भनेर । भारतमा सबैभन्दा सस्तो स्कुटर ४० हजार भित्रमा आउने भद्दा वाला इलेक्ट्रीक स्कुटर खरीद गरी चलाएको जस्तो अनुभव लिने गरी त होइन होला नि के कसो ?  

यो त भयो सकरात्म विश्लेषण अब केही सत्य तथ्य र जेनुअन रिभ्यु पनि गरि नै हालौं ।
 

याडिया को ELECTRIC SCUUTER अन्य ELECTRIC SCUUTER को तुलनामा नराम्रा पक्षहरु भनेको के के हुन ? आउनुहोस कुरा गरौं ।

याडिया का इलेक्ट्रिक स्कूटरहरूले केही सकारात्मक प्रतिक्रिया पाए पनि, केही कमजोरीहरू र समस्याहरू पनि छन । यहाँ याडियाका इलेक्ट्रिक स्कूटरहरूका केही प्रमुख नकारात्मक पक्षहरू यस्ता छन ः

१. मुल्य ः हेर्नुहोस मुल्यको कुरा गर्ने हो भने याडिया का स्कूटरहरूको मूल्य केही उच्च हुन सक्छ । अब बजारमा अन्य स्कुटरहरुको कुरा गर्ने हो भने यो मुल्य यो रेन्जको स्कुटरको तुलनामा अलि बढी नै छ भन्दा फरक न पर्ला । 

२. सर्विस सेन्टर ः सर्विस सेन्टरहरूको उपलब्धताको बारेमा कुरा गर्दा बजारमा, याडियाका सेवा केन्द्रहरूको अभाव छ । जसले गर्दा यसले ग्राहकहरूलाई मर्मत र सर्भिसिङका लागि कठिनाइ पु‍¥याउन सक्छ ।

३. बैटरी प्रतिस्थापन : हेर्नुहोस याडियका स्कूटरहरूको बैटरी जीवन राम्रो छ, तर कुनै पनि लिथियम आयन बैटरी जब समयको साथ क्षीण हुन्छ । तब त्यतिबेला बैटरी प्रतिस्थापनको खर्च उच्च हुन जान्छ ।

४. वजन: याडिया का केही मोडेलहरू तुलनात्मक रूपमा भारी हुन सक्छन, जसले गर्दा तिनीहरूलाई म्यानुअल रूपमा सार्न वा पार्क गर्न कठिन हुन सक्छ ।

५. चार्ज समय: केही प्रयोगकर्ताहरूले याडिया का स्कूटरहरूको चार्ज समय लामो भएको रिपोर्ट गरेका छन । यद्यपि यो समस्यामा हालका मोडेलहरूमा सुधार हुनसक्छ, लामो चार्ज समयले केही प्रयोगकर्ताहरूलाई असहज बनाउन सक्छ ।

६. स्पेयर पाट्र्सको उपलब्धता ः केही बजारहरूमा, याडियाका स्कूटरहरूको स्पेयर पाट्र्सको उपलब्धता कम हुन सक्छ । यसले मर्मतको प्रक्रियालाई ढिला गर्न सक्छ ।

७. सवारी अनुभव ः यद्यपि याडिया का स्कूटरहरूको सवारी अनुभव सामान्यतया ठिकै हुन्छ, तर केही प्रयोगकर्ताहरूले असमान सडकहरूमा सस्पेन्शनको सिस्टमको बारेमा असन्तुष्टि व्यक्त गरेका छन ।

समग्रमा, यद्यपि याडिया का इलेक्ट्रिक स्कूटरहरू आफैमा नाम्राछैनन र त्यहाँ केही सुधार गर्ने ठाउँहरू पनि छन । कम्पनीले यी मुद्दाहरूलाई सम्बोधन गर्दै गएमा, तिनीहरूको उत्पादनहरू अझ राम्रो र विश्वसनीय हुन सक्छ । तर अहिलेका लागि वर्तमान मुल्य समायोजन न गरेमा म यो इलेक्ट्रीक स्कुटर भन्दा पनि बजार एक्सप्लोर गर्ने सोचमा छु । किनकी यति मुल्यमा त राम्रै भनिएका र गनिएका इलेक्ट्रिीक स्कुटर खरीद गर्न सक्छु । 
 

छुटाउनुभयो कि ?
Categories