इलेक्ट्रिक स्कुटर किन्दा ब्याट्री सम्बन्धी केही महत्त्वपूर्ण कुराहरू

इलेक्ट्रिक स्कुटर किन्दा ब्याट्री सम्बन्धी केही महत्त्वपूर्ण कुराहरू

नमस्ते साथीहरू आज हामी इलेक्ट्रिक स्कुटर किन्दा ब्याट्री सम्बन्धी केही महत्त्वपूर्ण कुराहरूबारे कुरा जुन तपाई हामीहरुले बुझनै पर्ने जान्नै पर्ने हुन्छका बारेमा सम्पुर्ण कुरा यस भिडियोमा गर्नेछौं । यो भिडियो कुनै स्पोण्स्र्ड भिडियो भने होइन । यस भिडियोमा हामी तपाइँलाई स्कुटरको ब्याट्री आवश्यक स्तरमा मापन तथा मुल्याकंन कसरी गर्ने भनेर बनाइएको हो । त्यसैले आउनुहोस भिडियो सुरु गरौं ।

जानौं तपाई हामी चढने इलेक्ट्रीक बाइक वा स्कुटरको बारेमा
 

सबैभन्दा पहिले कुरा गरौं ब्याट्री कति प्रकारका हुन्छन :

विद्युतिय गाडीहरुमा सामान्यता दुई प्रकारका ब्याट्रीहरु प्रयोगमा आउने गर्दछन

१. एनएमसी र अर्को २. एलएफपी 

जसमध्ये इलेक्ट्रिक स्कूटरहरूले सामान्यतया लिथियम (आयन ब्याट्रीहरू प्रयोग गर्छन) जो कि एलएफपी केटेगरी भित्र पर्ने ब्याट्री हुन । जसले एनर्जी सेभिङ गर्ने काम गर्दछ ।

यो कुरा जानी सकेपछि यो पनि जान्ने प्रयास गरौं के यि ब्याट्रीको क्षमता के कति रहन्छ ?

जब तपाइँ इलेक्ट्रिक स्कुटर किन्ने भनेर कुनै पनि नजिकको शोरुम भिजिट गर्नुहुन्छ तब पहिले ब्याट्री क्षमतामा ध्यान दिनुहोस । तपाईंको दैनिक उपयोग र यात्राको दूरी अनुसार ब्याट्री क्षमता छनोट गर्नुहोस । यी स्कूटरहरूको ब्याट्री क्षमता फरक पनि हुन सक्छन, जस्तै ४८ भोल्ट, ६० भोल्ट, आदि ।

चार्जिङ इन्फ्रास्ट्रक्चर

स्कूटर खरीद गर्नु अघि चार्ज गर्न उपलब्ध पूर्वाधार छ वा छैन जाँच गर्नुहोस । आफ्नो वरपर कहाँ र कसरी चार्जिङ बिन्दुहरू म्यानेज गर्न सकिन्छ राम्ररी अध्यन गर्नुहोस । 

ब्याट्रीको क्षमता प्रदर्शन

ब्याट्रीको क्षमता प्रदर्शन परीक्षण नगरी स्कुटर खरीद नगर्नुहोस । स्कुटरको ब्याट्री कति समय टिक्छ र यसमा कुनै कमी छ कि छैन बुझेर नै अघि बढनुहोस ।

चार्जिङ समयको बारेमा कुरा गर्दा

लिथियम–आयन ब्याट्रीहरू चार्ज गर्ने समय सामान्यतया ४ देखि ६ घण्टा सम्मको हुन्छ, तर, यो ब्याट्री प्रयोग र त्यसको क्षमतामा निर्भर गर्दछ । र कस्तो चार्जरले चार्ज गर्दै हुनुहुन्छ भनेर ।

ब्याट्री जीवनको बारेमा पनि कुरा गरौं
 

ब्याट्रीको लाइफटाइम अर्थात जीवन पनि महत्त्वपूर्ण रहन्छ । ब्याट्री कति पुरानो छ र यसको वारेन्टी छ कि छैन जाँच गर्नुहोस । तर, यदि ब्याट्री यदि लिथियम आयन हो भने ब्याट्री लाई राम्रो हेरचाह गर्ने हो भने लगभग १ देखि ३ वर्ष सम्म तपाईलाई धोखा दिने छैन तर त्यसपछि हाम्रो भन्नु केही छैन । 

टेस्ट ड्राइभ

अन्तमा, स्कूटर ड्राइभ परीक्षण गर्न निश्चित हुनुहोस । यसले तपाईंलाई ब्याट्री कार्य सम्पादनको बारेमा राम्रो जानकारी दिनेछ । यदि तपाईलाई लागछ के कम्पनीले जे जे कुरा सो स्कुटरको बारेमा भनेको छ त्यो टेस्ट ड्राइभ गर्दा अनुभुति हुन्छ वा हुँदैन भनेर ।

अब ब्याट्रीको ग्यारेन्टीको कुरा त गर्नै प¥यो 

धेरै जसो कम्पनीहरुले विभिन्न मोडेलहरूका ब्याट्रीहरूमा १ देखि ३ वर्षको वारेन्टी प्रदान गर्दछन । तर, जब समस्या आउँछ तब कम्पनीमा जाँदा आल टाल गर्ने गरेको पनि हामीले नदेखोको होइन त्यसकारण भरपर्दो ब्राण्डकै साधन खरीद गर्नु होला नत्र आज भोली नयाँ नयाँ इलेक्ट्रीक स्कुटर वा बाइक बिक्रि गर्ने भनेर गल्ली गल्ली चोक चोकमा बसेका हुन सक्छन लुटनका लागि ।

ब्याट्रीको तौल सामान्यता कति रहन्छ त्यसमा पनि कुरा गरौं
 यी ब्याट्रीहरूको सामान्यतया २०० ग्राम देखि २५ किलोग्राम सम्म पनि हुन सक्छ ।

अब कुरा आउँछ यस्ता ब्याट्रीहरुले गर्दा प्रदूषणमा कस्ता असर पर्न जान्छ ?
 विद्युतीय स्कुटरले पेट्रोल र डिजेलको तुलनामा कम प्रदुषण गर्छ र अटोमोबाइलको सुरक्षा दिशालाई पनि ध्यानमा राख्छ ।

सबैभन्दा महत्वपुर्ण कुरा ब्याट्रीको सुरक्षा

तिनीहरू लिथियम–आयन ब्याट्रीहरूलाई सुरक्षित राख्न बिल्ट–इन ओभरचार्ज सुरक्षा र तापक्रम नियन्त्रण जस्ता प्राविधिक सुविधाहरू रहेको हुन्छ तर त्यो साधन खरीद गर्दा तपाईहरुले एकदमै धेरै सोध खोज गर्नै पर्ने देखिन्छ ।

ब्याट्रीको लम्बाइ र चौडाइ के कति रहन्छ होला ? 

यी ब्याट्रीहरूको लम्बाइ र चौडाइ फरक–फरक हुन्छ, जुन स्कूटरको डिजाइन र प्रयोगको आधारमा विशेषज्ञहरूद्वारा निर्धारण गरिन्छ ।

यि ब्याट्रीहरुको निर्माणमा के कस्तो प्रविधि प्रयोग हुन्छ ?

लिथियम–आयन ब्याट्रीहरूको निर्माण एक प्राविधिक प्रक्रिया हो जसमा तिनीहरूको ऊर्जा दक्षतामा विशेष ध्यान दिइन्छ । तर, साथीहरू बजारमा अर्को एउटा हल्ला के पनि छ भने इलेक्ट्रिक स्कूटरहरूको ब्याट्रीमा आगो लाग्नु सामान्य हो भनेर तर त्यस्तो हो वा होइन त्यो एक महत्त्वपूर्ण प्रश्न हो जुन हामी कुरा गर्ने छौं । यो भिडियोमा हामी तपाईलाई यो आगलागी कसरी सुरु हुन्छ र यसलाई कसरी रोक्न सकिन्छ भनी बताउनेछौं । सुरु गरौं ।

गलत तरिकाले ब्याट्री चार्ज गरेर :

 यदि ब्याट्री गलत रूपमा चार्ज गरिएको छ, जस्तै अत्यधिक भोल्टेजमा, वा उचित चार्जिङ पूर्वाधार बिनाको गाडीमा, ब्याट्रीले आगो निम्त्याउन सक्ने ताप उत्पन्न गर्न सक्छ।
 

ब्याट्रीको निर्माणमा त्रुटि :

 धेरै पटक ब्याट्रीको निर्माणमा प्राविधिक त्रुटिहरू हुन्छन् जसले ब्याट्रीमा आगो लाग्न सक्छ । यी दोषहरू दोषपूर्ण निर्माण प्रक्रियाहरू वा ब्याट्री भित्र तापक्रम नियन्त्रण गर्न असफलताको परिणाम हुन सक्छ ।
 

अब समस्या के के हुन भनी पहिचान पनि गरियो रोकथाम के के हुन भनेर पनि कुरा गरौं 
 

सही चार्ज प्रक्रिया:

 स्कुटरको ब्याट्री सधैं म्यानुअलमा दिइएको दिशानिर्देश अनुसार चार्ज गर्नुहोस । ओभर भोल्टेज र अप्रासंगिक चार्जिंगबाट बच्नुहोस ।

नियमित चेकअप र मर्मत सम्भार:

 ब्याट्री नियमित रूपमा जाँच गर्नुहोस् र राम्रोसँग मर्मत गर्नुहोस्। यदि कुनै देखिने समस्या छ भने, तुरुन्त सेवा केन्द्रमा सम्पर्क गर्नुहोस ।
 

उचित पूर्वाधार:

 स्कुटरलाई उपयुक्त चार्जिङ पूर्वाधारमा मात्र चार्ज गर्नुहोस् जसले ब्याट्रीलाई सुरक्षित रूपमा चार्ज गर्न सकोस ।

छुटाउनुभयो कि ?
Categories