भारतमा Banned गरिएका BS4 बाइक नेपालमा लुकीछिपी बिक्रि हुँदै ।

भारतमा Banned गरिएका BS4 बाइक नेपालमा लुकीछिपी बिक्रि हुँदै ।

नेपालमा आज भोली एउटा कम्पनीले आफु सँग रहेको । नभएको तर, भन्दै गरेको ब्राण्ड अर्थात बाइकलाई नयाँको बिक्रि मुल्य रिकण्डीशनको मुल्यमा आउने भनेर विज्ञापन गर्दै बजारमा ग्राहकहरुलाई मुर्ख बनाउने काम गर्दै आएको छ ।

यस कुराको जड सम्म पुग्नु अघि भिडियोलाई फोरमली सुरु गरौं   

नमस्ते साथीहरू ! आज हामी भारतमा किन बिएस फोर बाइकहरू प्रतिबन्धित छन् भन्ने बारेमा कुरा गर्नेछौं । तर नेपालमा यि बाइकहरुलाई लुकीछिपी किन बिक्रि गरिँर्दै छ र सम्बन्धित निकायकाृ यस तर्फ किन ध्यान छैन ? यो एक महत्त्वपूर्ण विषय हो, विशेष गरी ती व्यक्तिहरूका लागि जो अटोमोबाइलको शौकीन छन् र वातावरणप्रति सचेत छन् । त्यसोभए, कुनै ढिलाइ नगरी आउनुहोस भिडियो सुरु गरौं ।

भारतमा एउटा कम्पनी छ जसको नाम एफटेक मोटर्स जसको कार्यालय भारतको उत्तर प्रदेशको इन्दिरा नगर, लखनउमा रहेको छ त्यसबाट नेपालमा सन् २००८ मा दर्ता भएको कम्पनी म्याक्स भिजिन लिमिटेडले  एउटा सहकार्य गर्दछ नेपालमा एफटेक मोटर्सको आधिकारिक मोटरसाइकिल बिक्रि गर्ने गराउने भनेर । 

त्यतिबेला म्याक्स भिजनने सहकार्य गर्दा भारतमा बिएस४ सिरिजको बाइक कम्पनीले उत्पादन गर्दै आइरहेको र धमाधम म्याक्स भिजन जस्तै डिलरहरुलाई सप्लाई गर्दै थियो तर त्यसबिचमा एउटा समस्याले घर ग¥यो त्यो भनेको कोभिड१९ ले गर्दा बजारमा बाइक बिक्रि भएन । तब सम्म भारतमा अक्टोबर २०१८ सम्म भारत सरकारले एउटा विज्ञप्ती जारी ग¥यो जसमा बिएस४ सिरीजको बिक्रि र दर्ता आदि बन्द गरिदियो तर यता म्याक्स भिजन जो के नेपालका लागि आधिकारिक डिलर थियो त्यसका जिम्मेवार व्यक्तिहरुको गैर जिम्मेवारीपुर्ण हर्कतले गर्दा कोभिड जुन २०२० मा लकडाउनमा बस्न बाध्य हुँदा एफटेक मोर्टसमा बिएस४ का सम्पुर्ण बाइकहरु नेपालमै थन्कीएर बस्न बाध्य भए अब उता भारतमा अप्रिल २०२० देखि भारतमा पुर्ण रुपमा बिक्रिमा रोक लगाइएका बिएस४ बाइकहरु अब नेपालमै अडिकन बाहेक कुनै उपाय भएन । त्यस लगतै भारतमा बिएस६ सिरिजका बाइकहरु धमाधम बाजारमा आउन थाले तर यता नेपालमा म्याक्स भिजनले भने शोरुम नै २०२२ तिर खोल्न थालेको के गर्ने के नगर्ने भनेर मेसो नै पाउन सकिन र २०२३ देखि २४ को बिचमा म्याक्स भिजनले एउटा नारा बनायो अब नयाँ बाइक चढनुहोस रिकण्डशिनबाट पाउने बाइकको मुल्यमा । 

अब मानिसहरु अच्चम्ममा पर्न थाले यति सस्तो बाइक कसरी बजारमा बिक्रि हुन सक्छ । एकछिन लाई हामी खुशी पनि भयौं कतै नेपालमा भारतबाट आउने बाइक सस्तोमा इम्पोर्ट गराएर भन्सार शुल्कमात्रै जोडेर हामी नेपालीलाई फाइदा नै नखाई बिक्रि गरी बजारमा प्रतिस्पर्धामा उत्रिन खोजेको हो कि भनेको यसो बुझदै जाँदा भारतमा बिक्रि हुन प्रतिबन्धीत बाइकहरुलाइ नेपालमा भित्रिरुपमा रिकण्डीशन हाउसहरुमा एरियावाइज साधारण कागज पत्र गरी वा चेक मात्र लिएर बाइक धमाधम शोरुमबाट सिफट गर्दै आएको देखियो । कारण लामो समय देखि संचालनमा आएको सातदोबाटो नजिक पर्ने ललितपुरको एरावत टोलमा रहेको शोरुमको भाँडा तिर्न हम्मे हम्मे परेको भएर शोरुम नै खाली गर्ने योजनामा रहेको देखियो । 

आन्तिरीक मामिला जे भएपनि हाम्रो आपत्ती भनेको मानिसहरु जसलाई बिएस४ वा बिएस६ को जानकारी हुँदैन उनीहरुलाई जानकारी नै नदिई सस्तो बाइक भन्दै बिक्रि गर्दा ग्राहकहरुलाई भ्रममा पारेको बुझिन्छ । अर्को महत्वपुर्ण कुरा भनेको हामीले के पनि बुझन आवश्यक छ भने बिएस४ बाइकहरु भारतमा किन प्रतिबन्धीत छन र प्रतिबन्धीत हुनु पछाडिका कारण के हुन ? 

तर सबैभन्दा पहिले बिएस फोर बाइकको परिचय

बिएस फोर भनेको ’भारत स्टेज ४’ हो, जुन भारतमा सवारी साधनको उत्सर्जन मापदण्डको चौथो चरण हो । यो मापदण्ड भारत सरकारले २०१० मा सवारी साधनबाट हुने प्रदूषण कम गर्न लागू गरेको थियो । बिएस फोर बाइकहरूले हानिकारक उत्सर्जन कम गर्न उन्नत प्रविधि प्रयोग गर्ने भनेर यो लागु गरेको थियो ।

अब कुरा गरौ बिएस फोर बाइकहरु माथि किन प्रतिबन्ध लगाइयो ?

यसका मुल ४ वटा कारणहरु छन ।

१. वातावरण संरक्षण ः भारतमा बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै सरकारले बीएस ४ भन्दा कडा मापदण्ड आवश्यक पर्ने कदम चालेको हो । यसैले द्यक्ट (भारत स्टेज ४) मापदण्डहरू लागू गरियो, जुन बिएस फोर भन्दा कडा र प्रदूषण कम गर्न बढी प्रभावकारी छ । बिएस फोर मा सल्फर सामग्रीको मात्रा बिएस ६ भन्दा ५ गुणा कम छ, जसले धेरै हदसम्म प्रदूषण कम गर्दछ ।

२. कानूनी आदेश ः सर्वोच्च अदालतले २४ अक्टोबर २०१८ मा भारतमा १ अप्रिल २०२० देखि बिएस फोर गाडीहरूको बिक्री र दर्ता रोक्न आदेश जारी ग¥यो । आदेश वातावरण संरक्षण र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप थियो ।

३. स्वास्थ्य सुरक्षा ः प्रदुषणका कारण हुने स्वास्थ्य समस्याहरु जस्तै श्वास प्रश्वासमा समस्या, मुटु रोग आदिलाई ध्यानमा राख्दै बीएस ६ मापदण्ड लागू गर्न आवश्यक भएको हो । बिएस फोर मापदण्ड अन्तर्गत सवारी साधनबाट हुने नाइट्रोजन अक्साइड (सिओ२) उत्सर्जनलाई निकै हदसम्म कम गरिएको छ ।

४. ग्लोबल वार्मिंग ः ग्लोबल वार्मिङको प्रमुख कारण प्रदूषण पनि हो । बिएस ६ मापदण्डको कार्यान्वयनले कार्बन डाइअक्साइड (सिओ २) र अन्य ग्रिनहाउस ग्यासहरूको उत्सर्जन घटाउनेछ, जसले ग्लोबल वार्मिङलाई नियन्त्रण गर्न मद्दत गर्नेछ ।

अब बिएस ४ बन्द गरेको कारण त बुझनु भयो तर बिएस४ को ठाउँमा बिएस  ६ बजारमा आएको छ तर जसल जसलाई बिएस६को बारेमा आइडिया छैन उनीहरुका लागि 

बिएस ६ का फाइदाहरूल पनि छोटकरीमा पस्कदै छौं  

  • बिएस ६ मापदण्डहरूको कार्यान्वयनले धेरै फाइदाहरू ल्याएको छः
  • कम प्रदूषणः उत्सर्जनमा कमीले हावाको गुणस्तर सुधार गरेको छ ।
  • उन्नत प्रविधिः इन्धन खपत घटाउने सवारी साधनमा उन्नत प्रविधिको प्रयोग गरिएको छ ।
  • राम्रो इन्जिन प्रदर्शनः बिएस ६ इन्जिनहरू अधिक कुशल छन् र राम्रो प्रदर्शन प्रदान गर्दछ ।

बीएस ४ बाइक प्रतिबन्ध वातावरण संरक्षण, स्वास्थ्य सुरक्षा र ग्लोबल वार्मिङ नियन्त्रणका लागि लिइएको महत्वपूर्ण कदम हो । बिएस ६ मापदण्डको कार्यान्वयनले प्रदूषण मात्र कम गरेको छैन अपितु अटोमोबाइल उद्योगमा प्राविधिक विकास पनि ल्याएको छ । यो सकारात्मक परिवर्तन हो जसले हामीलाई स्वस्थ र स्वच्छ भविष्यतर्फ लैजाइरहेको छ ।

अब यस्तोमा जुन बाइक वातावरणको हिसाबले वा प्रविधिको हिसाबले पनि मापदण्ड विरुद्ध छ त्यसलाई नेपालमा ढाकछोप गरी बिक्रि गर्दा ग्राहकहरुलाई अन्धयारोमा राखिएको मानिन्छ ।

अब यति सब कुरा गर्दै जाँदा थोरै एफटेक मोटर्स भारतको बारेमा कुरा गरौं अनि थाहा हुन्छ यसको पछाडिको वास्तविकताबारे । 

एफटेक ग्रुप अन्र्तगत एफटेक मोटर्स एक भारतीय मोटरसाइकल उत्पादन कम्पनी हो जसले २००२ मा स्थापित यो कम्पनीले आफुलाई भारतको पहिलो पुर्वाञ्चल बेस्ड अटोमोबाइल उत्पाद गर्ने कम्पनी भनेर पनि चिनाउँछ । सवारी साधनको उत्पादन र मोर्केटिङमा काम गर्दै आइरहेको छ । बिचमा कम्पनीले आफनो उत्पादन बन्द नै गरिसकेकोले अहिले कम्पनीले आफ्नो व्यवसायमा महत्त्वपूर्ण परिवर्तन गरेको देखिन्छ । अहिले कम्पनीले पेट्रोल सेगमेन्टमा बाइक उत्पादन गर्दैन । विद्युतिय बाइक स्कुटर मात्रै उत्पादन गर्दै आइरहेको छ ।

अब यो कम्पनीले आफनो पेट्रोल सेगमेन्ट भन्दा पनि इलेक्ट्रीक सेगमेन्टमा काम गर्दै आइरहेको छ । यस्तोमा यस कम्पनीको बाइक सस्तोमा दायाँ बायाँ न हेरी खरीद गर्नु भयो भने पनि भविष्यमा सर्भिस स्टेशन नै न भएको स्पेयर पार्टस आवश्यक परेमा कुनै ब्याकअप नभएको कम्पनीको बाइक खरीद गरेर के गर्नु हुन्छ यो भन्दा त राम्रो भनेको अन्य चलेका नेपालमा स्थापित ब्राण्डहरुका स्याकेण्ड ह्याण्ड कण्डीशनका बाइक खरीद गर्नु भयो भने पनि कम से कम स्पेयर पार्टस त ओेरिजनल पाउने सम्भावना छ । बाँकि तपाईहरुको धारणा ।

साथीहरू, यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब र बेल आइकन थिच्न नबिर्सनुहोस् ताकि तपाईलाई हाम्रा आगामी भिडियोहरूको बारेमा जानकारी पाउन सकिन्छ । बिएस फोर र बिएस ६ बाइक बारे तपाईको विचार के छ ? कृपया तलको कमेन्ट बक्समा भन्नुहोस् । धन्यवाद !


छुटाउनुभयो कि ?
Categories