महिन्द्राको बोलेरो नियो सुरक्षा परीक्षणमा सपाट भयो!

महिन्द्राको बोलेरो नियो सुरक्षा परीक्षणमा सपाट भयो!

महिन्द्रा बोलेरो नियोलाई GNCAP अन्तर्गत सुरक्षाको लागि परीक्षण गरिएको छ र यो SUV ले १ स्टार रेटिङ मात्र पाएको छ। यो याद गर्न लायक छ कि, महिन्द्राको XUV700 र Scorpio N ले यस क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएका छन्। यस्तो अवस्थामा महिन्द्राको कारले यो टेस्टमा यति नराम्रो प्रदर्शन गर्छ भन्ने सोचेको थिएन ।

महिन्द्रा बोलेरो नियोमा दुईवटा एयरब्याग, सिट बेल्ट रिमाइन्डर, सिट बेल्ट प्रि-टेन्सन र लोड लिमिटर जस्ता सुविधाहरू उपलब्ध गराइएको थियो। नतिजाहरूको बारेमा कुरा गर्दा, यो SUV ले वयस्क ओक्युपेन्ट सुरक्षामा 34 मध्ये 20.26 अंक प्राप्त गरेको छ। र बाल व्यवसायी संरक्षणको लागि, यसले 49 मध्ये 12.71 अंक प्राप्त गरेको छ।

रिपोर्टका अनुसार यो एसयूभी चालकको छाती र खुट्टा जोगाउन निकै कमजोर साबित भएको छ । जबकि शरीरको खोल, संरचना र फुटवेल क्षेत्र एकदमै अस्थिर रहेको छ।

बोलेरो नियोमा यात्रुहरूका लागि साइड एयरब्याग र तीन-बिन्दु सिट बेल्टहरू सहित धेरै सुरक्षा सुविधाहरूको अभाव थियो। यो एसयूभीको कमजोर सुरक्षा रेटिङको प्रमुख कारण रहेको छ । र अन्तिम पङ्क्तिको पक्ष सामना गर्ने सिटहरूले क्र्यास परीक्षणहरूमा धेरै खराब प्रदर्शन गरेको छ।

लुंगेलीलाई श्रम, साह विना बिभागिय लोसपा पुनः सरकारलाई समर्थन गर्ने -जनकपुर टुडे मेडिया

लुंगेलीलाई श्रम, साह विना बिभागिय लोसपा पुनः सरकारलाई समर्थन गर्ने -जनकपुर टुडे मेडिया

मुख्यमन्त्री यादवले उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन तयार छन् । तर साह त्यसमा सहमती जनाइसकेका छैनन् । उच्चस्रोतहरुका अनुसार मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकमा उनी पुरा समय सहभागी भएको स्वीकारेका छन् । तर स्रोतहरुले उनी असन्तुष्ट देखिएको बताएका छन् । उच्चस्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले सरकारलाई पुनः समर्थन गर्न तयार भएको छ । लोसपाले वन मन्त्रालय माओवादीलाई नदिन आग्रह गरेको स्रोतले जनाएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर जनकपुरधाममा रहेको बेला सो पार्टीका एकजना सभासदले सरकारलाइ समर्थन दिने विषयमा अध्यक्ष ठाकुरले सकारात्मक सन्देश पठाएको जनाएका छन् । ‘अध्यक्ष ठाकुर समर्थन सम्बन्धमा मुख्यमन्त्री यादवसित संवाद गर्न चाहेका छन्’ ती सभासदले भने, मुख्यमन्त्री सकारात्मक भए सरकारमा फेरि सहभागी हुन सक्छौ । यस सम्बन्धमा मुख्यमन्त्रीको प्रतिकृया प्राप्त हुन सकेन् । तर स्रोतहरुले जनाए अनुसार माओवादीका भरत साहलाई विना विभागिय मन्त्री राखेर लोसपालाई वन मन्त्रालय दिन सक्ने संभावना छ । साहको गतिविधिले माओवादी संसदीय दल विभाजित भइसकेको छ । माओवादीकी नेतृ सुनिता यादव सरकारमा रहेकै बेला साहले सरकारलाई अल्पमतमा पार्न सुरसण्डमा बैठक गरेका थिए ।

त्यो बैठकमा उनी मुख्यमन्त्री नै बनेका थिए । तर नेपालको सीमा नछिर्दै बैठकको निर्णय तुहिएको थियो । मन्त्रिपरिषद् बैठकले संसदीय विकास कोषको २ अर्ब ३५ करोडको शीर्षक परिवर्तन गरी खर्च गरिने सहमति गरेको छ । प्रत्यक्ष निर्वाचित सभासदहरुलाई तीन करोड रकम बराबरको र समानुपातिक सभासदहरुलाई १ करोड बराबरको डेढ महिना भित्र सम्पन्न हुने योजना दिन सरकारले आह्वान गरिसकेको छ । स्रोतका अनुसार संसदीय विकास कोषको रकम खर्चका लागि शीर्षक परिवर्तन गर्न सभासदहरु सहमत छन् ।उनीहरुकै सहमतिमा सरकारले शीर्षक परिवर्तन गरी बजेट खर्च गर्ने उपाय झिकेका छन् । सरकारले ल्याउने विधेयकलाई सभासदहरुले सर्वसम्मतीबाट प्रदेश सभामा पारित गर्ने बताइएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभासदस्यको संसदीय विकास कोष रकम सहित प्रदेश सभासदहरुको संसदीय विकास कोषको रकममा समेत रोक लगाएको छ । अदालतको आदेश विपरीत सो कोषको नाममा रकम खर्च गर्न नमिल्ने भएकाले शीर्षक परिवर्तन गरी रकम चलाउने सहमति भएको छ । स्रोतहरुका अनुसार सभासदहरुले जेठ मसान्त भित्र सम्पन्न हुन सक्ने योजनाहरु अर्थमन्त्रालयमा दिन थालेका छन् । वैशाखको तेस्रो हप्ता भित्र योजना लिने र संभव भए सोही हप्तामा प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने आन्तरिक तयारी गरिएको छ । तर योजनाहरुको चाप बढने देखेपछि भौतिक पूर्वाधार, वन, पर्यटन लगायत मन्त्रालय मातहतका कार्यालय प्रमुखहरु मोबाइलको स्वीच अफ गरी कार्यालयमा जान छाडेका छन् ।

उनीहरुले फेरिएका मन्त्रीहरुको दवावलाई खप्न सहज महसुस गरिरहेका छैनन् । मन्त्रिपरिषद् बैठकले रातो किताबमा उल्लेखित योजनाहरुको सम्झौता हुन बाँकी रहेकाहरुको पूनःसम्झौता गर्न पत्राचार गर्ने निर्णय गरेको छ । अब सम्झौता हुन बाँकी रहेका योजनाहरुको नयाँ मन्त्रीले आप्mनो सुबिधा अनुसार सम्झौता गराउने बताइएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश भन्दा बाहिर कुनै मन्त्रीलाई जानु परे मुख्यमन्त्रीको सहमति अनिवार्य रुपमा लिने निर्णय गरेको सहभागी एकजना मन्त्रीले जनाएका छन् । बैठकमा सहभागी मन्त्रीका अनुसार मन्त्रीहरुले मुख्यमन्त्रीबाट स्वीकृती लिएर मात्र राजधानी काठमाण्डु अथवा प्रदेश बाहिर जान पाउने छन् । मधेश प्रदेशमा हाल सम्म विकास निर्माणको कामको प्रगति सन्तोषप्रद रहेको छैन् । सरकारले विश्वासको मत लिदै थकित भएको बताइन्छ । चार पटक विश्वासको मत लिइसकेको सरकारले फेरि कहिले विश्वासको मत लिनु पर्ने निश्चित भइनसके पनि संघीय राजनीतिक घटनाक्रमले सरकार स्थिर हुन सकेको छैन् ।

मधेशमा मन्त्रिपरिषद विस्तार : ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ  अनलाइनखबर

मधेशमा मन्त्रिपरिषद विस्तार : ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ अनलाइनखबर

बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

Categories